तानसेन । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदमबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक…