मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गएको पुस २६ देखि माघ एक गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस–२०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार…