काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका…