ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्यबहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेतबहादुर कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ । आरोपीहरूले ललाई फकाई…