कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए । सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र टीका थापा कृषि तथा भूमिसुधारमन्त्री छन् । दलका नेता घनश्याम चौधरीका अनुसार दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको…