फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा पछिल्लो एक महिनामा रु २० लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा रु २० लाख ४४ हजार नौ सय भेटी सङ्कलन भएको हो । सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न…