काठमाडौं । शुक्रबार साँझदेखि खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झरेपछि यातायात पूर्णरूपमा ठप्प भएको हो । शनिबार साँझ खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । माथिबाट ढुंगा खस्ने…