काठमाडौं । प्रहरीले काठमाडौंबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामानसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा…