मेघालय कोइलाखानी विष्फोटमा खोटाङका ४ श्रमिकको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विष्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ । विष्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतक नेपालीको संख्या थपिएको हो । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका राईको शव अस्पतालमा डढेको अवस्थामा फेला परेको थियो । शरीरको बनोटका आधारमा आफन्तले…