काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनीलाई एनपीएलको दोस्रो संस्करणको च्याम्पियन बनाउँदा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ २६७ रन बनाएका छन् । रोहितले एक थान ओमोडा–जाइको जे–५ कार पाए…