विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । आइतबार मुख्यमन्त्री केदार कार्कीले राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।…