रौतहटमा झडप, नगरप्रमुखको टाउकोमा १७ टाँका

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो देवाहीगोनाही–९, धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनका विषयमा दुई पक्षबीच झडप भएको हो । झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोही टोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत…