धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका…