काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई हराएकाे छ । आज साेमवार भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायाे । बागमतीले दिएकाे ८८ रनकाे लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जाेशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बागमतीकी…