महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका…