काठमाडौं । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिएकी छन । मृत भेटिनेमा कैलालीको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको…