ओखलढुंगा । तथ्यहिन र भ्रम फैलाउने समाचारको पछि नलाग्न सुनकोशी गाउँपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुझाव र निर्देशनका आधारमा असुल उपर गर्नुपर्ने भनिएको रकम सरकारी राजश्व खातामा गत आर्थिक वर्षमा नै जम्मा गरी सक्कलै भौचर प्राप्त भएको र बेरुजु फर्छ्योट भइसकेको सुनकोशी गाउँपालिका कार्यालयले स्पष्ट पारेको छ । उक्त कुरा…