हर्मितको अर्धशतकमा सुदूरपश्चिमले दियाे काठमाण्डूलाई १४८ रनको लक्ष्य

काठमाडौं । हर्मित सिंहको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । शीर्ष र मध्यक्रमका ब्याटरलाई सस्तैमा गुमाए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिँएर ब्याटिङ गरेपछि सुदूर प्रतिस्पर्धात्मक योगफलसम्म पुगेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले…