जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमीको चौथो दिन हिजो तिलकोत्सव सम्पन्न भएको छ । बाजागाजा, झाँकी र साधुसन्तको टोलीसहित राम मन्दिरतर्फ परिक्रमा गरिएको छ । त्रेतायुगमा राम र सीताको विवाह भएको स्मरणमा मनाइने यो पर्व मिथिलाको सांस्कृतिक पहिचानको मुख्य आधार हो । सात दिनसम्म चल्ने यस महोत्सवमा दैनिक रूपमा विशिष्ट धार्मिक–सांस्कृतिक विधिहरू सम्पन्न भइरहेका…