काठमाडौँ । सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले भेटेर अभिभावकको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४: ३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक…