सुक्खाग्रस्त मधेशका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुक्खाको सामना गरिरहेको मधेशमा तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति कमलादेवी पन्तले तत्काल मधेशको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास आउनुका साथै नागरिकले खानेपानी अभाव झेल्नुपर्ने भन्दै समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थापन हुनुपर्ने बताएकी छन् । यसैबीच मधेश प्रदेशका…