धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

धनकुटा । सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बस चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने ५१ वर्षीय रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।…