जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काठमाडौं । इलाममा जेठी सासूको हत्या गरेको आरोपमा प्रहरीले ज्वाइँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईंलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी…