काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले क्रिकेटकाे पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छ । एसिया कप क्रिकेट खेलेर स्वदेश फर्किएपछि आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले अब 'हाई टाइम' भइसकेकाले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका हुन् । उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने पनि बताए…