बा, फेसबुकमा फोटो हालौँ ?

बिहानैदेखि फेसबुक बाहरूका फोटोले भरिभराउ भएछ । उठ्नेबित्तिकै फेसबुक खोलेको थिएँ, स्क्रोल डाउन गर्दा बा नै बा देखेँ । त्यसपछि झल्यास ब्युझिएँ,  ए ! आज त बाको मुख हेर्ने दिन पो हो त ।  उठेर यताउती बालाई हेरेँ । आमाले भनेपछी थाहा पाएँ, बा त खेतमा पुगिसक्नुभएछ ।  मेरा बा यस्तै हुन् । पहिले–पहिले अली…