हाम्रो समाजको चरित्र नै विचित्रको छ । यस्तो लाग्छ, हामीलाई निर्माणभन्दा विनाशमा विश्वास छ । हाम्रो देशको विकासको बाधक पनि यही चरित्र नै हो । हामी पद्धति निर्माणभन्दा व्यवस्था परिवर्तनमा लाग्यौंं । फलस्वरूप अन्य देशले विकासमा फड्को मार्दा हामीले ‘शिशुु व्यवस्था’लाई देखायौं । कहिल्यै ‘वयस्क’ बन्न दिएनौं । हरेक कमजोरीको दोष शिशु व्यवस्थालाई दियौं ।…