बि.स. २०३१ सालमा साउनको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो। कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो।…