निर्वाचन हार–जीतको खेल मात्र होइन, लोकप्रियताको मानक पनि हो । यसलाई यसरी बुझ्दा पनि हुन्छ– शासन गर्न योग्य र अयोग्य छुट्याउने विधि पनि निर्वाचन नै हो । लोकतन्त्रमा नयाँ नेतृत्वको विकास गर्ने, सत्ताको वैधानिकीकरण गर्ने र हस्तान्तरण गर्नेजस्ता महत्वपूर्ण कार्यहरु निर्वाचनको माध्यमबाटै गरिन्छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउने क्रम…