कात्तिक २७ गते भारतबाट झापाको बाहुनडांगी हुँदै नेपाल छिरेका ३७ हात्ती हाल मोरङ्गको बेलबारी–लेटाङ्ग–मंगलबारेको जंगल आसपासमा अड्किएका छन् । पुर्खाको थातथलो र हात्ती मार्ग हुँदै बर्षेनी अनिवार्य बिचरण गरी छाड्ने हात्तीहरुको बिचरण रेञ्ज उदयपुर–सिन्धुलीसम्म हो । तर जैबिकमार्ग टुटेकाले उनीहरु लोहोन्द्रा खोला पारी जान सकेका छैनन् । करिब १ किमिको गाउँ, बस्ती र भिरले उनीहरुको…