बीपी, समय र संवाद

बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि। बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्त्वपूर्ण पाठ हो। म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु। बीपीको नाउँ पहिलो पटक मैले काठमाडौँ उपत्यकाको पुरानो कारागार नख्खु जेलभित्रै सुनेको थिएँ, जहाँ राजवन्दी मात्र थुनिन्थ्यो पञ्चायतकालमा। नख्खु जेल वरपरका साक्षी सरोकारको…