तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए…