मेलम्चीको पानी मङ्गलबारदेखि पठाइने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी…