बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। सोमबार न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम…