जनकपुरधाम । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको बुँदा नम्बर १४७ संशोधन गर्न प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद रुपा कुमारी यादवले आइतबार बसेको प्रदेशसभा बैठकमा पेश गरेके संकल्प प्रस्तावको पक्षमा ४३ जना र विपक्षमा १६ जनाले मतदान गरेपछि सभामुख रामचन्द्र मण्डलले…