काठमाडौं । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । गाउँपालिकाले अभिनेता राजेश हमालको तस्वीर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारकाअनुसार अध्यक्ष साउदसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत…