भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल तयारीमा

बाँके । जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पतालमा चिकित्सकसहितको टोली तयारीमा अवस्थामा राखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा घाइते भएका सिकिस्त बिरामीलाई नेपालगन्ज ल्याए चिकित्सकसहितको टोली तयारी अवस्थामा छ । यसको संयोजनका लागि नरेश श्रेष्ठलाई तोकिएको छ । उपचारका लागि आवश्यक परे ९८५११३४६६६ मा सम्पर्क गर्नसमेत भनिएको छ ।…