एमाले महाधिवेशन प्रतिनिधि छनोट : प्रदेशका मन्त्री र सांसद पराजित

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा बागमती प्रदेशका बहालवाला श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा र कोशी प्रदेशका २ सांसद पराजित भएका छन् । थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ उमेदवार बनेका थिए । खुलाबाट दुईजना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भएका हुन् । उनले कुल २०१ मत पाए ।…