गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित

पोखरा । गण्डकी प्रदेशसभाले दुईवटा अध्यादेश पारित गरेको छ । प्रदेशसभाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन, सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई सर्वसम्मत पारित गरेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।  प्रदेशसभाको बिहीबार बसेको बैठकले उक्त अध्यादेश पारित गरेको हो…