काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालाे मसी छ्यापेकाे छ । बिहीबार न्यायाधीश थारुको अदालतभित्र इजलासमै पुगेर बहुमतका कार्यकर्ताहरूले थारुलाई कालाे मसी छ्यापेका हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते…