गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्दम, हेप्नेहरूले बुझ्नू झिल्को हुँ ख्याल गर्नू, बस्ती जलाइदिन्छु । -राधा कणेल आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले असोज ६ गते शनिबार राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा आयोजना गरेको गजल मुशायरा कार्यक्रम ३ जना गजल स्रष्टाहरूले यस्तै आगो शेरहरू ओकले ।…