काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा काेलम्बियाले जर्मनीमाथि राेमाञ्चक जित निकालेकाे छ । आज आइतवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले जर्मनीलाई २–१ गाेलले हरायाे । काेलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गाेल गरिन् । जर्मनीका लागि एलेक्जान्द्रा पाेपले सान्त्वना गाेल गरिन् । काेलम्बियाले खेलकाे ५२ औँ मिनेटमा केसिडाकाे गाेलमार्फत अग्रता लिएकाे थियाे ।…