काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनसँगै संस्थापनइतर समूह तितरबितर हुने भएको छ । संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न एकै समूहका दुईजना उम्मेदवार बन्ने भएपछि इतर समूह तितरबितर हुने पक्का भएको हो । नेपाली कांग्रेसको संसदीय दलमा ८९ सांसद छन् । अहिलेसम्म संस्थापन समूहतर्फ खुलेका ५७ जना सांसद…