प्रदीप दाइ ! कसरी लेखु श्रद्धाञ्जली !?

समाजमा संधैं सकारात्मक ऊर्जा प्रवाह गर्ने समकालीन नेपाली राजनीतिमा उच्चस्तरको बौद्धिक बहस प्रस्तुत गरी तमाम नेपालीहरुको मन जित्नु भएका समाजवादी चिन्तक प्रदीप गिरीले देहत्याग गर्नुभएको छ । उहाँको भौतिक विश्रान्तीमा सिंगो मुलुक र उहाँलाई अति सम्मान र आदर गर्ने देशभित्र र बाहिरको बौद्धिक समाज स्तब्ध भएको छ । चलिरहेको बगिरहेकोभन्दा फरक धारमा बहेर लोकतान्त्रिक शासन…