पूर्णबिराम पुराण

“रङ्गमन्चीय कला संस्कृतिको बिकास गर्दै यसैको माध्यमद्वारा असल समाज र समृद्ध मानवीय मूल्यको स्थापना गर्नु ।” सर्बनाम नाट्यकला भवनमा मुस्कुराइरहेको यो पवित्र र महान् गन्तब्य बोर्ड देखेर पंक्तिकारको मन छोयो । उर्जा र खुशीको छाल उर्लियो । यो भवनको अर्को भित्ताले छाती खोलेर सगौरव भवनका परिकल्पनाकार अशेष मल्लको सपना अंगालो हालिरहेको थियो – “मेरो देशको…