नवलपुर । सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् । उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन,…