धादिङको बेनिघाटमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न शुरू भएको हो । अहिले सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी…