योगेश भट्टराईको घरअगाडि कालो झण्डासहित पहिचानवादीको प्रदर्शन

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईको घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन् । आइतबार बिहान पहिचानवादीहरूले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भट्टराईको घरअगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन् । पार्टीकाे एक कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो आइतबार ताप्लेजुङ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी…