काठमाडौंका विभिन्न स्थानबाट अवैध भेपसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चुच्चेपाटीस्थित 'रेसा कलेक्सन'को गोदामबाट २ हजार ६७० थान र महाबौद्धस्थित 'आरएचएस इन्टरनेशनल प्रालि'बाट १०० थान गरी कुल २ हजार ७७० थान…