काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधवार वक्तव्यमार्फत जनाएका छन् । बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर…