काठमाडौं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहकाअनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ । आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ…